इन्डोनेसिया बाढी-पहिरो : मृत्यु हुनेको संख्या १६ पुग्यो

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्नुका साथै अन्य तीन जना बेपत्ता रहेको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) ले जनाएको छ ।
विपदले सितारो टापु रिजन्सीलाई स्थानीय समय अनुसार बिहान लगभग २ः३० प्रहार गरेको तथा लामो भारी वर्षाको कारणले नदीको सतह बढेको बिएनपिबीले जनाएको छ ।
एजेन्सीका अनुसार चार जिल्लामा कम्तीमा १४८ घरहरू प्रभावित भएका छन्, जसमा सातवटा घरहरु ध्वस्त भएका छन् भने २९ वटा गम्भीर रूपमा क्षतिग्रस्त तथा ११२ वटामा सामान्य क्षतिग्रस्त भएका छन् ।
मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तीमा बिएनपिबीको डाटा एण्ड इन्फर्मेसन सेन्टरका प्रमुख अब्दुल मुहारीले आपदामा २२ जना घाइते भएको र उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको बताउनु भएको छ ।
उहाँले ६८२ जना बासिन्दा हाल सुरक्षित अस्थायी आश्रयमा बसिरहेको उल्लेख गदै आपतकालीन प्रतिक्रिया प्रयासहरू विपद् व्यवस्थापन एजेन्सीहरू, खोजी र उद्धार टोलीहरू, सेना, प्रहरी र स्वयंसेवकहरूद्वारा संयुक्त रूपमा भइरहेको बताउनु भएको छ ।
स्थानीय अधिकारीहरूले जनवरी ( ५ देखि जनवरी ( १८ सम्म १४ दिनको आपतकालीन प्रतिक्रिया अवधि घोषणा गर्दै चरम मौसमी जोखिमको बीचमा बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
इन्डोनेसियाले यस अघि पनि वर्षाको मौसममा बारम्बार आकस्मिक बाढी र पहिरोको सामना गर्दै आएको जनाइएको छ ।
















रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया