इन्डोनेसिया बाढी-पहिरो : मृत्यु हुनेको संख्या १६ पुग्यो

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्नुका साथै अन्य तीन जना बेपत्ता रहेको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) ले जनाएको छ ।
विपदले सितारो टापु रिजन्सीलाई स्थानीय समय अनुसार बिहान लगभग २ः३० प्रहार गरेको तथा लामो भारी वर्षाको कारणले नदीको सतह बढेको बिएनपिबीले जनाएको छ ।
एजेन्सीका अनुसार चार जिल्लामा कम्तीमा १४८ घरहरू प्रभावित भएका छन्, जसमा सातवटा घरहरु ध्वस्त भएका छन् भने २९ वटा गम्भीर रूपमा क्षतिग्रस्त तथा ११२ वटामा सामान्य क्षतिग्रस्त भएका छन् ।
मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तीमा बिएनपिबीको डाटा एण्ड इन्फर्मेसन सेन्टरका प्रमुख अब्दुल मुहारीले आपदामा २२ जना घाइते भएको र उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको बताउनु भएको छ ।
उहाँले ६८२ जना बासिन्दा हाल सुरक्षित अस्थायी आश्रयमा बसिरहेको उल्लेख गदै आपतकालीन प्रतिक्रिया प्रयासहरू विपद् व्यवस्थापन एजेन्सीहरू, खोजी र उद्धार टोलीहरू, सेना, प्रहरी र स्वयंसेवकहरूद्वारा संयुक्त रूपमा भइरहेको बताउनु भएको छ ।
स्थानीय अधिकारीहरूले जनवरी ( ५ देखि जनवरी ( १८ सम्म १४ दिनको आपतकालीन प्रतिक्रिया अवधि घोषणा गर्दै चरम मौसमी जोखिमको बीचमा बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
इन्डोनेसियाले यस अघि पनि वर्षाको मौसममा बारम्बार आकस्मिक बाढी र पहिरोको सामना गर्दै आएको जनाइएको छ ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया