कैलाली कारागारबाट भागेका २२६ कैदी अझै फरार

अत्तरिया (कैलाली) । कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।
कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन् । एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उहाँले जानकारी दिनुभयो । फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका उनले जानकारी दिए ।
कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।
“फर्र्किएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका हुन्, केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको हो”, उनले भने, “कारागार प्रशासनबाट कैदीबन्दीलाई फर्कन सूचना जारी भएको छ, प्रहरीले फरार रहेकाको खोजी जारी राखेको छ ।”













बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
Two killed in separate accidents in Palpa and Udayapur
“अमेरिका र इरानबीच दीर्घकालीन र विश्वसनीय युद्धविराम सम्झौता आवश्यक”
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया