बिहीबार, माघ १, २०८२

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

मेरोन्यूज २०८२ पुष २९ गते १७:५६

काठमाडौँ । सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा) लाई नियुक्त गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने कृषि विकाससम्बन्धी कार्यक्रममा भाग लिनका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई स्वीकृति प्रदान गरेको जानकारी दिए ।

त्यस्तै आगामी माघ २६ देखि फागुन १ गतेसम्म मेक्सिकोमा आयोजना हुने एएमएल/सीएफटीको ‘प्लेनरी तथा वर्किङ ग्रुप’ बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई अनुमति दिएको छ ।

प्रतिक्रिया