कस्ताे अवस्थामा लिने अक्सिजन ?
चिकित्सक भन्छन्– आफूखुसी अक्सिजनको प्रयोग घातक
नचाहिने अवस्थामा अक्सिजन लिँदा फोक्सो सुक्ने समस्या बढेर जान्छ

काठमाडौं । पछिल्लो केही समययता नेपालमा अक्सिजन दिनुपर्ने कोरोनाका बिरामीहरु बढ्न थालेका छन् । कोरोनाका जटिल बिरामीले अक्सिजन पाएका छैनन् ।
होम आइसोलेसनमा बसेका संक्रमितका आफ्न्तले जुनसुकै समयमा अक्सिजन आवश्यक पर्ने भन्दै घरघरमा रुपमा अक्सिजन सिलिन्डर राख्ने गरेको देखिन्छ । तर चिकित्सकहरु आफूखुसी अक्सिजनको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउँछन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड संयोजक डा सन्तकुमार दास चिकित्सकको सल्लाहबिना अक्सिजन प्रयोग गर्दा फोक्सोमा झन् असर गर्ने बताउँछन् । अक्सिजन र बेड अभाव समाचार सार्वजनिक हुन थालेपछि सर्वसाधारणले घरघरमा अक्सिजन सिलिन्डर राख्ने होल्ड गरेर राखेको देखिन्छ ।
‘यदि नचाहिने अवस्थामा नै अक्सिजन लिँदा फोक्सोमा अल्बिलाई (जहाँबाट शरीरमा अक्सिजन प्रवेश गर्छ) त्यो सुक्ने हुन्छ’, उनले भने, ‘आफूखुसी अक्सिजन लिनु हुँदैन्, चिकित्सकको निगरानीमा मात्र अक्सिजन लिनुपर्छ ।’
संक्रमितमा श्वासप्रश्वासमा समस्या आउनुमा धेरै कारण हुन सक्छन् । जसमा एक कारण निमोनिया हो । ‘श्वासप्रश्वासमा समस्या देखियो निमोनिया भइसकेको हुन्छ तर संक्रमितलाई उपचारका लागि अस्पताल नलगेर घरमै अक्सिजन दिइयो भने निमोनिया भित्रभित्रै बढेर अस्पताल आइपुग्दासम्म धेरै ढिलो भइसकेको हुन्छ’, उनले भने ।
घरमै राखेर अक्सिजन दिएकै भरमा बिरामी निको हुन्छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।
सामान्य अवस्थाका कोरोनाका बिरामीले घरमा अक्सिजन होल्ड गर्दा जटिल अवस्थाका बिरामीले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेका दासले बताए ।
कस्तो अवस्थामा अक्सिजन लिने ?
डा दासका अनुसार निमोनिया नभएर श्वासप्रश्वासमा समस्या, ह्याप्पी हाइपोक्सिया देखिएको छ भने मात्र घरमा अक्सिजन लगाएर बस्न सकिन्छ । अर्को निमोनिया देखिएर अस्पताल भर्ना गरिएको छ भने मात्र ।
‘स्वास्थ्यमा सुधार भइरहेका, एक/दुई लिटर अक्जिन मात्र चाहिने, डाक्टरले निमोनियाको औषधि दिएर डिस्चार्ज भएका व्यत्तिले मात्र घरमै अक्सिजन लिएर बस्न सक्छन्’, उनले भने ।
अक्सिजन प्रयोग सही तरिकाले गर्न नसके संक्रमितको ज्यानै जान सक्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘चिकित्सकको सल्लाह वा निगरानी बिना कोरोनाका बिरामीलाई घरमै राखेर अक्सिजन प्रयोग गर्दा स्वास्थ्यमा झन् समस्या थपिन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारी घरघरमा अक्सिजन सिलिन्डर होल्ड हुँदा जटिल बिरामीलाई अक्सिजनको अभाव भएर थप जोखिम बढेको स्वीकार्छन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया