बुधबार, माघ ७, २०८२

प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका

मेरोन्यूज २०८२ माघ ७ गते १८:२४

कीर्तिपुर (काठमाडौँ) । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० बाट राजनीतिक दलहरूले यसपटक नयाँलाई मौका दिएका छन् ।

विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका १३ जनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टबाहेक सबै पहिलोपटक उम्मेदवार बनेका हुन् ।

यसअघि तीनपटक सो क्षेत्र जितेको नेपाली कांग्रेसले स्थानीय कार्यकर्ता एवं काठमाडौँ जिल्ला सदस्य हिमाल कार्कीलाई उठाएको छ । निवर्तमान सांसद राजेन्द्रकुमार केसीले आफू यसपटक नउठ्ने घोषणा गरेपछि कार्कीलाई टिकट मिलेको हो ।

नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका मजदुर नेता एवं केन्द्रीय सदस्य विनोद श्रेष्ठ यसअघि समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेपनि प्रत्यक्षतर्फ पहिलोपटक उम्मेदवारी दिएका हुन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले रुपा महर्जनलाई पहिलोपटक उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया