प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
मेरोन्यूज
२०८२ माघ ७ गते १८:२४

कीर्तिपुर (काठमाडौँ) । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० बाट राजनीतिक दलहरूले यसपटक नयाँलाई मौका दिएका छन् ।
विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका १३ जनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टबाहेक सबै पहिलोपटक उम्मेदवार बनेका हुन् ।
यसअघि तीनपटक सो क्षेत्र जितेको नेपाली कांग्रेसले स्थानीय कार्यकर्ता एवं काठमाडौँ जिल्ला सदस्य हिमाल कार्कीलाई उठाएको छ । निवर्तमान सांसद राजेन्द्रकुमार केसीले आफू यसपटक नउठ्ने घोषणा गरेपछि कार्कीलाई टिकट मिलेको हो ।
नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका मजदुर नेता एवं केन्द्रीय सदस्य विनोद श्रेष्ठ यसअघि समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेपनि प्रत्यक्षतर्फ पहिलोपटक उम्मेदवारी दिएका हुन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले रुपा महर्जनलाई पहिलोपटक उम्मेदवार बनाएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया