बिहीबार, माघ ८, २०८२

बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते

मेरोन्यूज २०८२ माघ ८ गते १५:४१

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर जिल्लाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षीय चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन् । कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्तिमगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्तिमगर र टिकापुर–६ का अमित विक घाइते भएका उाले बताए । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको हुँदा सो घटना भएको हुनसक्ने भन्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया