होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं। नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार एक कार्यक्रम आयोजना गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट पीडितहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।द्वितीय विश्वयुद्धका क्रममा नाजी शासनद्वारा ६० लाख यहुदीको संहार गरिएको स्मरणमा सन् २००६ देखि उक्त विश्व संस्थाको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले होलोकास्टको पीडाबाट अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र संरचनाको विकास भएको उल्लेख गरे। उनले मानव अधिकार, सहिष्णुता र सम्मानको प्रवद्र्धन आजको आवश्यकता भएको बताए ।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले होलोकास्ट मानव सभ्यतामाथिको कालो दाग भएको उल्लेख गर्दै जातीय घृणा, विभेद र सम्पूर्ण समुदायलाई नष्ट गर्ने सोचको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले यस्ता घटनाहरू दोहोरिन नदिन स्मरण र शिक्षा अत्यावश्यक भएको बताए ।
त्यस अवसरमा जर्मनी र अष्ट्रेलियाका कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै होलोकास्टकी जीवित साक्षी सोफिया गेलरको सन्देश प्रस्तुत गरिएको थियो ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया