यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल

काठमाडौँ। महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संवेदनशील मतदानस्थल पहिचान गरी निर्वाचन आयोगलाई ती स्थानबारे जानकारी गराएको छ ।
महोत्तरी, तनहुँ र सोलुखुम्बुबाट रासस समाचारदाताले जनाएअनुसार सोलुखुम्बुका १२४ मतदानस्थलमध्ये १० मतदानस्थललाई अतिसंवेदनशील र ४१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । महोत्तरीका २५२ मतदानस्थल संवेदनशील मानिएका छन् । जिल्लाका २५८ मतदानस्थलमध्ये १६३ लाई अतिसंवेदनशील भनिएको छ । स्थानीय प्रशासनले तनहुँका आठवटा मतदानस्थललाई अतिसंवेदनशील, ५२ वटा मतदानस्थललाई संवेदशील मानेको छ ।
महोत्तरी क्षेत्र नं. ३ र ४ केही मतदानस्थल भारतसँगको सिमाना नजिक छन् । तिनलाई अतिसंवेदनशीलको सूचीमा समावेश गरिएको छ । क्षेत्र नं १ का ५९ मतदानस्थलमा १३०मतदानकेन्द्र र क्षेत्र नं २ मा ६२ मतदानस्थलमा १३३, क्षेत्र नं ३ मा ७७ मतदानस्थलमा १४२ र ४ मा ६० मतदानस्थलमा १३१ मतदानकेन्द्र रहने जिल्ला सुरक्षा समितिले जनाएको छ । अघिल्लो निर्वाचनमा ४९९ मतदानकेन्द्र थिए ।
दुई निर्वाचन क्षेत्र कायम भएको तनहुँमा १४४ वटा मतदानस्थलमा ३०९ मतदान केन्द्र रहने छन् । सोलुखुम्बुमा ८५ हजार ५१५ र तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँ क्षेत्र नं १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ मा एक लाख १८ हजार २७९ मतदाता कायम छन् ।
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया