प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गरेकी छन् ।
सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूबीच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको जनाउँदै अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किंदै चुनावमा होमिएको बताइन् । उनले नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।
साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकासलगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया