अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ । यस पहिले नै १४ हजार पदहरू कटौती गर्ने योजना सार्वजनिक गरेको विशाल ई–कमर्स कम्पनी अमेजनले थप १६ हजार पदलाई समायोजन गर्ने बताएको हो ।
वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले एक विज्ञप्ति जारी गरी पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी गराएका हुन् । उ भनेका , “रोजगारी कटौतीको उद्देश्य ‘तहहरू घटाउने, स्वामित्व बढाउने, र कर्मचारीतन्त्र हटाउने’ हो।” अक्टोबरका मिडिया रिपोर्टहरूले गरेको प्रक्षेपण अनुसार करिब ३० हजार रोजगार कटौती अमेजनको तीन लाख ५० हजार प्रत्यक्षरूपमा यसका कार्यालयमा काम गर्ने रोजगारीहरूको १० प्रतिशतभन्दा बढी हो ।
योजनाले वितरण र गोदाम कामदारहरूलाई प्रभावित नगरी कार्यालयमा काम गर्ने जनशक्तिलाई कम गर्नेछ । यो क्षेत्रमा रहेको करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव पार्ने छैन । कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
अमेजनका जनशक्ति कटौति कृत्रिम बुद्धिमत्ता (एएआई)मा बढ्दो लगानीको बीच आएका हुन् । अमेजनले बुधबार भर्खरको रोजगार कटौतीको कुनै पुष्टि गरेन । कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजनाबारे पत्रकार सम्मेलन गरी फेब्रुअरी ६ मा जानकारी गराउनेछ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया