दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
मेरोन्यूज
२०८२ माघ १६ गते ९:११

मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्।
दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान अन्दाजी ३:१० बजे चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेस्थित नारायणघाट-मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो।
ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर अनील थापाका अनुसार बस आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
घाइतेमध्ये २ जना उपचार पश्चात डिस्चार्ज भइसकेको पनि उनले जानकारी दिए।
बाँकी घाइतेहरूमध्ये मौलाकालिका अस्पतालमा १५ जना, पुरानो मेडिकल कलेजमा १७ जना, नयाँ मेडिकल कलेजमा ५ जना र अरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाग्रस्त बस सडकबाट उठाएर अस्थायी प्रहरी चौकीमा ल्याइएको र सडक अवरूद्ध नरहेको
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया