शनिबार, माघ १७, २०८२

कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे

मेरोन्यूज २०८२ माघ १६ गते १७:२४

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन्।

कांग्रेसले सुरुआत गरेको ‘कांग्रेस डबली’ संवादका क्रममा आज आयोजित पहिलो संस्करणमा उनले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दावी गरे।

“नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पनि पार्टी, स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ”, प्रवक्ता चालिसेले भने, “युवा पुस्तामा कांग्रेस आएको छ। आशाको सिर्जना भएको छ। कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ।”

उनले दलभित्र आन्तरिक लोकतान्त्रीकरण बलियो हुनुपर्नेमा जोड दिँदै कांग्रेसले नेतृत्वको अनुहार मात्र होइन, विचारसहितको परिवर्तनलाई स्थापित गर्न सुझाव दिए।

प्रतिक्रिया