बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) वरिष्ट नेता बालेन्द्र शाह (बालेनको) काठमाडौंस्थित घरमा चाेरि भएको छ ।
शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए। उनले नै घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएको बताइएको छ । हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।
घरमा को-को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २-३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अरु सामान पनि चोरी भएको-नभएको भन्नेबारे थप खुलाइएको छैन ।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।
बालेन यतिवेला चुनावी प्रचारका लागि कर्णाली पुगेका छन् ।
















एकै दिन दुईवटा अमेरिकी युद्धविमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया