स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं। नेपाली खेलकुद र प्रविधि क्षेत्रमा एउटा नयाँ आयाम थप्दै नेपालकै पहिलो स्पोर्टस् बेस डिजिटल प्लेटफर्म (OTT) प्लेटफर्म ‘STYX NEPAL’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै उच्च गुणस्तरको खेलकुद सामग्री र प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्मको सुरुवात गरिएको हो ।
यसैबीच, विश्वभरका क्रिकेट प्रेमीहरूको ढुकढुकी मानिने टि-२० वर्ल्डकप यसपटक STYX NEPAL मार्फत नेपालभर प्रत्यक्ष प्रसारण गरिने जानकारी कम्पनीले दिएको छ ।
आगामी माघ २४ गतेबाट सुरु हुने यस विश्वकपका सबै खेलहरू नेपाली दर्शकहरूले अब आफ्नै मोबाइल, ट्याब्लेट वा स्मार्ट डिभाइसमा सहजै हेर्न सक्नेछन् ।
STYX नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले भने, “हामी नेपाली खेलकुद क्षेत्रमा एउटा डिजिटल क्रान्ति ल्याउन चाहन्छौं । टि-२० वर्ल्डकप जस्तो ठूलो उत्सवलाई नेपाली खेलप्रेमीहरूको पहुँचमा पुर्याउन पाउनु हाम्रा लागि गर्वको कुरा हो । ईसेवा जस्ता सजिला भुक्तानी माध्यमको प्रयोगले दर्शकहरूलाई थप सहज हुने हाम्रो विश्वास छ ।’
















इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया