नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी

काठमाडाैं । प्राेटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. मार्फत नेपालमा उपलब्ध छ ।
इमस ७ को प्रमुख विशेषता भनेको, यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) हो, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो । यसले नयाँ पुस्ताको ब्याट्रीले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने यसको लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता प्रदान गर्दछ ।
एइजिस सर्ट ब्लेड ब्याट्रीले उच्च चार्जिङ दक्षता पनि प्रदान गर्दछ । यसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र २० मिनेटमै चार्ज गर्न सक्ने क्षमता राख्दछ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँछ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना रहेको छ, जसले चालक तथा यात्रु दुवैका लागि थप सुरक्षित बनाउछ ।
यसका साथै, ब्याट्रीको लेआउटका कारण प्रदर्शनमा सम्झौता नगरी इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाइएको छ । छिटो चार्जिङ क्षमतासँगै न्यू युरोपियन ड्राइभिङ साइकल (एनइडिसी) प्रमाणित ४९२ तथा ५८५ किलोमिटरसम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्ने इमस ७ दैनिक शहरी यात्रादेखि लामो दूरीका यात्रासम्मका लागि उपयुक्त रहेको छ ।
इमास ७ को सुरुवातसँगै, प्रोटोन नेपालले नेपाली बजारको आवश्यकता अनुसार आधुनिक, सुरक्षित तथा दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया