राष्ट्रपतिको कदम संविधान मर्मविपरीत भन्दै कांग्रेस बैठक सकियो
सवै विकल्पमा छलफल गर्न कांग्रेस तयार, महाअभियोगबारे पनि छलफल गर्न सकिने

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकार गठन गर्न राष्ट्रपतिले गरेकी आह्वानलाई संविधानको मर्म र भावनाविपरीत भएको निष्कर्ष निकालेको छ ।
बैठकमा सहभागी भएका एक पदाधिकारीका अनुसार बैठकले राष्ट्रपतिको कदम गलत भएको निष्कर्ष निकालेको जानकारी दिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
सभापति देउवाले पूर्वपदाधिकारी, पदाधिकारीसहितको बैठक बोलाएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (३)को प्रधानमन्त्रीले विश्वासको मतबाट अस्वीकृत हुने वा राजीनामा दिएको दुवै अवस्था नहुँदै धारा ७६ को उपधारा (५)को सरकार गठनका लागि प्रधानमन्त्रीले सिफारिस गर्नु र राष्ट्रपतिले आह्वान गर्नु दुवै असंवैधानिक भएको कांग्रेसले विज्ञप्ति जारी गरेर जनाइसकेको छ ।
काग्रेसले सवै विकल्पमा छलफल गर्ने खुल्ला रहेको काग्रेस नेता वालकृष्ण खाँणले बताएका छन् । राष्टपतिले असम्वैधानिक कदम निरन्तर चालिरहेकोले महाअभियोग लगाउने विकल्पमा पनि काग्रेस बैठकमा छलफल भएको छ ।
यो विषयमा अन्य दलहरुसँग पनि छलफल गर्ने काग्रेसको भनाइ छ । काग्रेसले माओवादी, जसपा र जनमोर्चासँग पनि छलफल गर्ने गरी सर्वदलीय छलफल आयोजना गरेको छ ।
















हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छ : राष्ट्रपति
इरानले दोहोर्यायो अमेरिकी वार्तामा कडा अडान
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया