शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा भएको आम निर्वाचनलाई ‘पूर्वनियोजित छल र प्रहसन’ भनी टिप्पणी गरेकी छन्।
शेख हसिनाको पार्टी अवामी लिगले विज्ञप्ति जारी गरी बंगलादेशमा बिहीबार सम्पन्न चुनावको आलोचना गरेको हो। जुन निर्वाचनमा यो पार्टीलाई प्रतिबन्ध लगाइएको थियो।
अवामी लिगको विज्ञप्तिमा शेख हसिनाले भनेकी छन्, ‘मतदान केन्द्रहरूमा मतदाता थिएनन्, तैपनि मतगणनाका टेबलमा मतहरू थिए।’
उनले अगाडि भनेकी छन्, ‘फेब्रुअरी १२ मा देशले पूर्वनियोजित, भ्रामक र कपटी चुनाव देख्यो। यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा लज्जास्पद अध्यायको रूपमा रेकर्ड गरिनेछ।’
उनले चुनावी परिणाममा प्रश्न उठाउँदै ‘गम्भीर अनियमितता’ भएको आरोप लगाएकी छन्। उनले भनेकी छन्, ‘धेरै तथ्यांक असंगत र झुटा देखिए।’
निर्वाचन आयोगले दिएको विवरण देशभरको वास्तविकतासँग मेल नखाने दाबी गरेकी छन्।
विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी थिइन्। अहिले पनि उनी यहीँ छिन्।
उनको बहिर्गमनपछि बंगलादेशमा पहिलोपटक बिहीबार (फेब्रुअरी १२ तारिख) संसदीय निर्वाचन भएको हो। आन्दोलनका क्रममा १४ सय जना मारिएका कारण बंगलादेशको अन्तरिम सरकारले हसिनाको पार्टीलाई भने चुनावमा भाग लिन वञ्चित गरेको थियो।
जुन निर्वाचनमा खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेको छ।
हाल उनका छोरा तारिक रहमान अध्यक्ष रहेको बीएनपी एक्लैले २०९ सिट जितेको छ भने यसका सहयोगीले ३ सिट जितेका छन्। निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जितेपछि बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) नयाँ सरकार गठनको तयारीमा जुटेको छ।
बीएनपीले नयाँ सरकार गठन गर्दा यसका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन्। उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। १७ वर्ष बेलायतमा निर्वासनपछि गत डिसेम्बर २५ तारिख मात्र उनी स्वदेश फर्किएका थिए।
त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्युभएपछि पार्टी प्रमुख बनेका तारिक अब सरकार प्रमुख पनि बन्ने भएका हुन्।
















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया