आईसीसी टी–२० विश्वकप : आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र पाकिस्तानको खेल हुँदैछ । समूह ‘ए’मा भारत र पाकिस्तानले दुई दुई खेल जितिसकेका छन् । समान चारचार अंक भए पनि रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।
भारत र पाकिस्तानको खेल आइतबार साँझ ७ः१५ बजे श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ । भारतसँग विश्वकप नखेल्ने निर्णय गरेको पाकिस्तानले पछिल्लो समय निर्णय फिर्ता लिएको हो । सामरिक दृष्टिकोणले समेत भारत र पाकिस्तानको खेललाई रोचक ढंगले हेरिन्छ ।भारत र पाकिस्तान दुवै टिम अपराजित रहँदै सुपर एटमा पुग्न चाहन्छन् । आजको खेलमा टिम सुपर एटमा पुग्नेछ । विश्वकपमा समूह ‘ए’मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । यो समूहमा अमेरिका र नेदरल्यान्ड्सले एकएक जित निकाल्दा नामिबिया जितबिहीन छ ।
आइतबार अर्को खेलमा आइतबार बिहान नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा हुँदैछ ।समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने वेस्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर आठमा पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
आइतबार नै हुने अर्को खेलमा दिउँसो ३ः१५ बजे अमेरिका र नामिबियाले प्रतिस्पर्धा गर्दैछन् । नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने अमेरिका दोस्रो जितको खोजिमा छ ।
















डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया