विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’बाट भारत एक खेल अगाडि नै सुपर आठमा प्रवेश गरेको छ।
१७६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको पाकिस्तानले १७ ओभर ५ बलमा ११४ रन बनाउँदा सबै विकेट गुमाएको हो। आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा पाकिस्तानमाथि ६१ रनको जित निकाल्दै सुपर आठ प्रवेश गरेको हो।
तीन खेलमा तीन जित निकालेको भारतले ६ अंक जोडेको छ।यो जितसँगै घरेलु टोली भारतले लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ बाट विश्वकपको सुपर-८ प्रवेश गरेको छ। तीन खेलबाट ६ अंक बनाएको भारतले यसअघि अमेरिकालाई २९ र नामिबियालाई ९३ रनले पराजित गरेको थियो।
पहिलो हार व्यहोरेको पाकिस्तानको भने हारसँगै सुपर-८ सम्भावना कठिन बनेको छ। अब पाकिस्तानको सुपर-८ यात्रा अन्तिम खेलबाट निर्धारण हुनेछ। पाकिस्तानले अन्तिम खेलमा नामिबियाको सामना गर्ने तालिका छ। नामिबियासँग पराजित भएमा पाकिस्तान रनरेटका आधारमा विश्वकपको सुपर-८ पुग्नबाट बन्चित हुनेछ। पाकिस्तान पराजित भएमा त्यसको फाइदा अमेरिकालाई हुनेछ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया