हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले

काठमाडौं । प्रतिनिधि सभाको चुनावलाई प्रभावित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका विभिन्न स्थानमा हिंसा भड्काउन थालेको नेकपा (एमाले)ले आरोप लगाएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै एमाले आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले चुनावी वातावरण बिथोल्न खोजेको आरोप लगाए।
चुनाव जित्न नसक्ने देखिएपछि रास्वपाले अशान्ति फैलाउन खोजेको एमालेको आरोप छ। ‘चुनावी परिणाम आफ्नो पक्षमा आउने नदेखिएपछि चुनाव भाँड्नका लागि देशका विभिन्न स्थानमा दलहरूको झण्डा र चुनाव चिह्न जलाउने, अशान्ति फैलाउने कार्यले रास्वपाले चुनाव भाड्न खोजेको पुष्टि हुन गएको छ,’ शाहीले भने।
यस्तो कार्यमा संलग्न सबैलाई कारबाही गर्न एमालेले माग गरेको छ। ‘चुनाव चिह्नमाथि भएको आक्रमण गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ,’ शाहीले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन भएको छ। आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले खुट्टा कमाउनु हुँदैन।’
एमालेका प्रमुख नेताको जित सुनिश्चित देखिएपछि चुनावी वातावरण बिथोल्न खोजिएको उनको भनाइ छ। ‘हाम्रा प्रमुख नेता भएको ठाउँमा जित सुनिश्चित छ। झापादेखि कैलालीसम्म जित सुनिश्चित छ,’ शाहीले भने, ‘हामी पहिलो पार्टी बन्छौँ।’
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया