यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी

काठमाडौं। यामाहा नेपालले फेब्रुअरी १४ मा ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ ।
कार्यक्रममा उत्साही यामाहा राइडरहरू सहभागी भई रमाइलो र सम्झनलायक यात्रा गरेका थिए । राइड यामाहा नक्साल शोरुमबाट सुरु भई जर्सिङपौवा तर्फ अगाडि बढेको थियो । कार्यक्रममा यामाहा एमटी–१५ र आर १५ मोडेलका ३५ जना राइडरहरूको सहभागिता रहेको थियो । नेपालमा बढ्दै गएको यामाहा राइडिङ समुदायलाई झल्काएको थियो ।
कार्यक्रममा वर्षा बस्नेत आर–१५ को १५० सिसी वर्गमा रेस नारी २०२५ की विजेता तथा सोही वर्गमा ६ पटक विजेता भइसकेकी प्रतिभाशाली महिला रेसर, कार्यक्रममा सहभागी भइन् । उनी नेपाली रेसिङ क्षेत्रमा प्रेरणादायी महिला राइडरमध्ये एक हुन् । साथै, नेपाल रोड रेसिङ च्याम्पियनसिपको राष्ट्रिय वर्गमा दुई पटक विजेता बनेका हरि पौडेल पनि राइडमा सहभागी भएका थिए ।
कार्यक्रमको अन्तरक्रिया सत्रमा दुवै रेसिङ च्याम्पियनले आफ्ना अनुभव सुनाए । उनीहरूले आफ्नो राइडिङ यात्रा, सामना गरेका चुनौतीहरू तथा प्रतिस्पर्धात्मक रेसिङमा सफल हुन आवश्यक अनुशासनबारे जानकारी दिए । साथै, सहरका सडक, राजमार्ग तथा घुमाउरा मोडहरूमा मोटरसाइकल कसरी सुरक्षित र सही तरिकाले चलाउने भन्ने विषयमा व्यावहारिक सुझाव पनि दिएका थिए ।
जर्सिङपौवा राइडले यामाहा राइडरहरूबीचको सम्बन्ध अझ बलियो बनाउँदै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गरे । यस्ता सामुदायिक कार्यक्रममार्फत यामाहा नेपालले राइडरहरूलाई जोड्ने, सिक्ने र सँगै अघि बढ्ने अवसर प्रदान गर्दै आएको छ ।

















निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रतिक्रिया