कांग्रेस पदाधिकारीको बैठक बस्दैं
राष्ट्रपतिको कदम असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती : कांग्रेस
नेताहरू भन्छन् : संविधान मान्ने शक्तिहरू एक ठाँउ भएर प्रतिवाद गर्छौ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती काम गरेको बताएको छ । राष्ट्रपति भण्डारीले मध्यरात सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने विज्ञप्ति जारी गरेकी थिइन् ।
त्यसपछि पार्टीको संस्थागत धारणा तय गर्न साढे नौ बजे पदाधिकारी बैठक बोलाएको छ । नेताहरूले यो निर्णयको चर्को विरोध गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले यो निर्णयले अलोकतान्त्रिक र राष्ट्रघाती कदम भन्दै त्यसविरुद्ध परिवर्तनलाई बचाउनेगरी पार्टीले निर्णय गर्ने बताए । उनले मेरोन्युजसँग भने, ‘सरकारको सिफारिसमा राष्ट्रपतिको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदम हो । पदाधिकारी बैठकबाट निर्णय गरेर परिवर्तनलाई बचाउनेगरी कानुनीलगायतका सबै लडाइँ लड्छौं । पहिला एक्लै लडेका थियौं । अब परिवर्तन पक्षधर अन्य राजनीतिक दललाई पनि साथमा लिएर लड्छौ ।’
सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र लोकतान्त्रमाथि ठाडे आक्रमण गरेको बताए । उनले भने, ‘यो संविधान र लोकतान्त्रमाथिको ठाडै आक्रमण हो । राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गरे । उनीहरूको हातबाट अब संघीय लोकतन्त्र र संविधानको संरक्षण हुन सक्दैन । त्यसविरुद्ध आन्दोलन गर्छौं ।’
युवा नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक हर्कतको संविधान मान्ने शक्तिहरू एक ठाँउमा आएर प्रतिरोध गर्नु पर्ने बताए । ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर गरेको हर्कतको हामीले तत्काल डटेर प्रतिवाद गरेनौं भने, अझ बढी हर्कत हुन्छन्,’ थापाले भने, ‘नहुने चुनावको घोषणा हो । महामारी नियन्त्रणमा काम गर्दैनन् । महामारीलाई निर्वाचन नगर्ने कारण बनाउँछन् । संविधान मान्ने शक्तिहरू एक ठाँउमा आएर यसको प्रतिरोध गर्नुपर्छ ।’
वरिष्ठ नेता पौडेलले महामारीको बेलामा संसद् विघटन गरेर चुना गर्छु भन्नु भन्दा विडम्बनापूर्ण कुरा केही हुन नसक्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका दाबी नपुग्ने भनी लिएको निर्णयलाई पनि पौडेलले संविधानविपरीतको क्रियाकलाप भएको आरोप लगाए ।
सांसदहरुको हस्ताक्षरसहित दाबी गएपछि हस्ताक्षरको सनाखतसमेत नगरी राष्ट्रपतिबाट षड्यन्त्रमूलक काम भएको उनको भनाइ छ ।
















सन्दीपले लिए इंग्ल्यान्डकाे तेस्राे विकेट
दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया