पर्सा – २ मा रास्वपाका कानु विजयी

वीरगञ्ज (पर्सा) । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन्।
निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएको घोष्णा गरे ।
सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गेका छन् । नेकपा (एमाले)का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याएकी छन् ।
त्यस्तै जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याए ।
यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा ििथए । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना हुनुहुन्छ ।
पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ । सोमध्ये चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ ।

















दैलेख–२ मा एमालेका पोखरेल विजयी
ललितपुर-३ बाट रास्वपाकी डा तोसिमा कार्की निर्वाचित
इरानका राष्ट्रपतिले भने – इजरायल र अमेरिकासामु कुनैपनि हालतमा आत्मसमर्पण गर्दैनाैं
गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया