इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण उनकाे मृत्यु भएको देखिएकाे हाे ।
सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको प्रहरीले जानकारी दिएकाे छ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका—४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याएकाे केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार हालसम्म परिवारले बालिकाको शव बुझेका छैनन् । इनिशाकाे सामुहिक बलात्कारपछि हत्या गरिएकोदाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।















ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया