रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभ जी नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।
डिजाइन र बनावट नोट १५ फाइभ जी तीन आकर्षक रङ (ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ, जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको छ । रेडमी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्ने कम्पनीको दाबी छ । यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउने कम्पनीले बताएको छ ।
उच्च क्षमता र लामो समय टिक्ने ब्याट्री: रेडमी नोट १५ फाइभ जीमा ५५२० मेगाहर्ज ब्याट्री छ, जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ । यसले एकैपटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिन्छ ।
प्रिमियम डिस्प्ले र उच्च प्रदर्शनः ६.७७–इन्च ओएलईडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । ३८४०एचजेड पीडब्लूएम डिमिङले आँखालाई सहजता दिन्छ । स्मार्टफोन स्न्यापड्रयागन ६जेन ३ प्रोसेसर (फोरएनएम) आर्किटेक्चर) र २४ जीबीसम्म र्याम सपोर्टसहित उच्च गति र स्मुद प्रदर्शन सुनिश्चित गर्छ ।
फोटोग्राफी र मनोरञ्जनको नयाँ स्तरः रेडमी नोट १५ फाइभ जीमा १८० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यावसायिकस्तरको स्पष्टता र विवरण दिनेछ । डुअल स्पिकर्स र एआई पोट्रेट, डाइनामिक सट्स २.० जस्ता सुविधा प्रयोगकर्तालाई मनोरञ्जन दिन्छ र अझ रोचक बनाउँछ ।
सुरक्षा, मजबुती र दिगोपन : इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलकले पूर्ण सुरक्षा सुनिश्चित गर्छ । रेडमी नोट १५ फाइभ जी मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ, र वेट टच टेक्नोलोजी २.० ले भिजेको स्क्रिनमा पनि चलाउन सहज हुन्छ ।
उपलब्धता र मूल्य : यो स्मार्टफोन १२ जिबी+५१२ जीबीको ४६,९९९ रुपैयाँ र ८ जीबी +२५६ जीबीको ३९,९९९ रुपैयाँमा नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया