अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

काठमाडाैं । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको छ ।
समिति अध्यक्ष घननाथ खनालले बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा केही दिनयता मुगु र जाजरकोटलगायत जिल्लाबाट अनधिकृत रुपमा मानिसहरू सम्पर्कमा ल्याई भूमि दिलाउने गरी गतिविधि बढिरहेको जनगुनासो आएकाले त्यस्ता हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको बताए ।
‘आयोगले विगत आयोगदेखिकै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको नियमानुसार लगत संकलन भई प्रणालीमा दर्ता भई निस्सा कायम रहेका सबै पुराना तथा नयाँ निवेदनहरूको बाँके जिल्लाका सबै स्थानीय तह हरूमा भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिमका पालिकास्तरमा भूमि शाखा गठन भई नियमानुसार कार्य सम्पादन गरिरहेको छ,’ अध्यक्ष खनालले भने, ‘अनधिकृत रुपमा मानिसहरू सम्पर्कमा ल्याई भूमि दिलाउने गतिविधि गर्नु गलत हो, त्यसका पछाडि कोही नलाग्न अनुरोध छ ।’
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा बिहीबार अनधिकृत रुपमा जग्गा दिलाइदिने भन्दै गतिविधि भएपछि भूमि समस्या समाधान आयोग जिल्ला समितिले त्यसप्रति चासो दिएको अध्यक्ष खनालले बताए ।
अनधिकृत रुपमा जग्गा पाउने कुरा सम्भव नरहेकाले यससम्बन्धी कुनै जानकारी वा परामर्श गर्नु परेमा सम्बन्धित स्थानीय तहको भूमि शाखा वा आयोगको जिल्ला समितिमा सम्पर्क गर्न सरोकारवालाहरूलाई उनले अनुरोध गरे ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया