किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार

काठमाडाैं । धनुषा क्षेत्र नमबर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दा हेर्न नमिल्नेमा परेको छ।
शुक्रबार न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएपनि हेर्न नमिल्नेमा परेको हो।
न्यायाधीश सुवेदीले बिहीबार एकल इजलासबाट सुनुवाइ गर्दै कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेका कारण मुद्दा हेर्न नमिल्ने भएको अदालतले जानकारी दियाे ।
अब अर्को पेशी चैत १ गते आइतबारका लागि तोकिएको छ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका साहको उम्मेदवारी निर्वाचन आयोगले फागुन १९ गते खारेज गरेको थियो। आफ्नो उम्मेदवारी खारेजविरुद्ध साह सर्वोच्च पुगेका हुन्।
साहले नै कर्जा सूचना केन्द्र र नेपाल राष्ट्र बैंकलाईलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया