अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै

अष्ट्रेलियामा भएको एसियाली कपमा भाग लिएको इरानी महिला फुटबल टोलीका ६ खेलाडी र १ टिमकी कर्मचारी मध्ये ४ जनाले शरणका लागि दिएकाे निवेदन फिर्ता लिएका छन् ।
इरानी मिडियाका अनुसार इरानी महिला फुटबल टोलीका खेलाडीहरु अष्ट्रेलियामा प्रतियाेगितामा भाग लिएर मलेसियाको राजधानी क्वालालम्पुरमा बसेका छन् । उनिहरु इरान फर्कने प्रतीक्षामा रहेका छन् ।
एसियाली कपमा एक खेल अघि आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेको कारण युद्धकालीन देशद्रोही भनेर लेबल लगाइएपछि शरण खोज्ने इरानी महिला फुटबल टोलीका सदस्यहरूलाई अष्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको थियाे ।
महिला फुटबल प्रतिनिधिमण्डलका सात सदस्य – छ खेलाडी र एक ब्याकरूम स्टाफ सदस्य – ले अष्ट्रेलियामा शरण खोजेका थिए।
अधिकार समूहहरूले बारम्बार इरानी अधिकारीहरूलाई आफन्तहरूलाई धम्की दिएर वा इस्लामिक गणतन्त्र विरुद्ध बयान दिएमा सम्पत्ति जफत गरेर खेलाडीलाइ दबाब दिएको आरोप लगाएका छन्।
तर इरानको फुटबल निकायले अष्ट्रेलियाले खेलाडीहरूलाई अपहरण गरेको र उनीहरूको इच्छा विरुद्ध आफ्नो गृह राष्ट्र त्याग्न बाध्य पारेको आरोप लगाएको छ।















चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया