जसपा विवाद
यादव समूहले ठाकुर समूहलाई अनुशासनको कारबाही गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी विधान उलंघन गर्ने नेताहरूलाई कारबाही गर्ने भएको छ । शनिबार राति अबेरसम्म बसेको कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ,सर्बेन्द्रनाथ सुक्ला र लक्षमणलाल कर्ण लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू उपस्थित बैठकले विधि विधानविपरीत चल्ने ठाकुर समूहलाई कारबाही गर्ने निर्णय गरेको छ । संसदीय दलको विधान नभएको र पार्टीले निर्वाचन समितिसमेत नबाएको अवस्थामा अवैध तवरले गरिएको दलको नेता चयन अस्वीकार गर्ने निर्णय बैठकले गरेको अध्यक्ष यादवले जानकारी दिए । जसपाभित्र वर्तमान सरकारलाई समर्थन गर्ने या विपक्षी गठबन्धनलाई सहयोग गर्ने भन्नेमा विवाद भएपछि ठाकुर समूहले बहुमत सांसदहरूको भेला गराएर नेता महतोलाई गत बैशाख ३० गते संसदीय दलको नेता बनाएको थियो । तर यादव समूहले भने त्यसको विरोध गर्दै आएको थियो ।राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय पनि बैठकले गरेको अध्यक्ष यादवले जानकारी दिए ।
यसैगरी, बैठकले असंवैधानिक तवरले संसद् विघटन गरिएको भन्दै यसको बिरोध गरेको छ । त्यस्तै संसद् विघटनको विरुद्धमा विपक्षी ५ दलले गरेको निर्णयको स्वागत गर्ने निर्णय पनि बैठले गरेको अध्यक्ष यादवले जानकारी दिए । यादवले भने,“सरकारको कदमविरुद्ध परिवर्तनकारी शक्तिसँगको सहकार्यलाई अघि बढिनेछ ।”
जसपामा कार्यकारिणी समितिमा यादव समूहको बहुमत छ । भने दलमा ठाकुर समूहको बहुमत छ । रामसहायप्रसाद यादवका अनुसार शनिबारको बैठकमा भौतिक रूपमा २८ र भाइबरसमेतबाट जोडिएका ४ जना गरी कुल ३२ जनाको बैठक बसेको थियो । जसपामा ५१ जनाको कार्य कार्यकारिणी समिति छ ।
















इरानले दोहोर्यायो अमेरिकी वार्तामा कडा अडान
सन्दीपले लिए इंग्ल्यान्डकाे तेस्राे विकेट
दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया