सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिभा रावल नियुक्त भएकी छन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन । रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।रास्वपाबाट समानुपातिक प्रणालीमा महिला ‘क्लस्टर’ बाट उनी सांसद निर्वाचित भएकी हुन् ।
रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माताका रूपमा काम गरेकी थिइन । उक्त टेलिभिजनमा रवि लामिछानेको समूहमा काम गरेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि राजनीतिमा आबद्ध छिन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिएकी रावलले स्नातक तहसम्म अध्ययन गरेकी छन् । एक दशकभन्दा बढी समय पत्रकारिताको अनुभव बटुलेकी रावलले लामिछानेको निजी सचिवालयमा समेत जिम्मेवारी सम्हालेकी थिइन् ।
















Composition of the 15-member Council of Ministers
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया