अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न अष्ट्रेलियाली सरकारले नयाँ इन्धन सुरक्षा उपाय अन्तर्गत इन्धन आयातमा ग्यारेन्टी दिने भएको छ । उक्त घोषणा प्रधानमन्त्री एन्थोनी अल्बानेसले शनिबार गरेको हो ।
अल्बानेस र ऊर्जामन्त्री क्रिस बोवेनले सिड्नीमा पत्रकारहरूलाई जानकारी दिँदै सोमबारदेखि सङ्घीय संसदमा नयाँ विधेयक प्रस्तुत गरिने बताए । यस विधेयकले निजी क्षेत्रद्वारा इन्धन, मल तथा अन्य आवश्यक वस्तुहरूको खरीदमा विद्यमान निर्यात क्रेडिट एजेन्सीमार्फत सरकारी ग्यारेन्टी प्रदान गर्न अनुमति दिनेछ ।
अल्बानेसले भने,“सरल भाषामा भन्नुपर्दा, हामी इन्धनको किचनमा आपूर्ति थप्ने बखत सरकारी ग्यारेन्टी दिनेछौं । यो सरकारको सहयोग सामान्य व्यापार जस्तो हुने छैनस यो अन्तर्राष्ट्रिय बजारमा उपलब्ध अतिरिक्त आपूर्तिका लागि मात्र हुनेछ ।”
उनले नयाँ उपायहरूले अतिरिक्त आपूर्ति सुनिश्चित गर्ने आयातकर्ताहरूको आर्थिक जोखिम कम गर्ने बताए ।
यो घोषणा अष्ट्रेलियामा इन्धन मूल्य आकाशिएको र क्षेत्रीय क्षेत्रमा व्यापक अभाव रहेको समयमा आएको हो ।
बोवेनले शनिबारसम्म राष्ट्रिय भण्डारणमा पेट्रोल ३९ दिनको, डिजेल ३० दिनको र जेट इन्धन ३० दिनको आपूर्ति रहेको जानकारी दिए ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया