मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

मुस्ताङ : मुस्ताङमा तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका छन् ।
सन् २०२६ को जनवरीदेखि मार्चसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२६ को जनवरीदेखि मार्चसम्म सार्क राष्ट्रबाट ३७ हजार ९८९ जना र अन्य मुलुकबाट पाँच हजार ६७ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।
यसअघि सन् २०२५ को जनवरी, फ्रेब्रअरी र मार्च महिनामा कूल २८ हजार ७४४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।
उक्त समयको तीन महिनामा सार्कतर्फ २४ हजार ८४७ जना र अन्य मुलुकबाट तीन हजार ८९७ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।
सन् २०२५ को तीन महिनाको तुलनामा सन् २०२६ को जनवरीदेखि मार्च महिनामा सार्क राष्ट्रतर्फ १३ हजार १४२ जना अर्थात (३४.५९) प्रतिशत र अन्य राष्ट्रतर्फ एक हजार १७० जना अर्थात (२३.०९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको एक्याप प्रमुख गुप्ताले बताए ।
सन् २०२४ मा कूल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ मा कूल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया