शुक्रबार, चैत २०, २०८२

नेपाली क्लाइम्बिङ टोली चीन जाने

मेरोन्यूज २०८२ चैत २० गते १५:५५

काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतियोगितामा पुरुषतर्फमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ स्वस्तिका चौधरीले सहभागिता जनाउने छन् । एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा यही २५ देखि २९ गतेसम्म हुँदैछ । नेपालले बाउल्डर र लिड स्पर्धामा भाग लिने छ ।

एसियाली खेलकुदमा स्थान बनाउन शीर्ष १६ स्थानमा पर्नुपर्ने नेपाल क्लाम्बिङ स्पोर्टस् एशोसिएशनका महासचिव सन्तोष मादेनले बताए । विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुँदैछ । सो प्रतियोगितामा बाउल्डर विधा मात्र समावेश छ । दुवै प्रतियोगिताको बीचको अवधिमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उनले बताए ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया