पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड

काठमाडौँ विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र पहिचान भएकाले यसबारेमा विश्वभर प्रचार गर्न सकिएमा मात्रै पर्यटक आवागमनमा वृद्धि ल्याउन सकिने बताएका छन् ।
एएमएस ग्लोबल हिमालय फाउन्डेसनले आगामी मे २९ मा काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटका बारेमा उद्यमी, व्यवसायी जानकारी दिन यहाँ आयोजित कार्यक्रममा उनले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि यस किसिमका कार्यक्रमहरुको आयोजना गर्नु आवश्यक रहेको बताए ।
फाउन्डेसनकी संस्थापक अध्यक्ष सत्यकला तामाङ लामाले नेपालको लोक कला, संस्कृति, पर्यटनका बारेमा विश्वभर जानकारी गराउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरुको आयोजना गर्ने क्रममा आगामी मे महिनामा काठमाडौँमा विश्वका ३० भन्दा बढी देशका प्रतिनिधिहरुको सहभागितामा एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार फाउन्डेसनले जापान फिलिपिन्स, चीन, युएई, क्यानाडा, माल्दिभ्स, सुडानलगायतका देशका नेपाली संस्कृति, कला, सङ्गीत, भाषासँगै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्याक्रमहरु सम्पन्न भएका छन् ।
कार्यक्रममा पर्यटन व्यवसायीहरु जिम्बाज्याङ्वु शेर्पा, दामोदर घिमिरे, मिङ्मादोर्जे शेर्पा, असिम राई, पत्रकार ऋषि धमलालगायतका वक्ताहरुले पनि मुलुकको आर्थि समृद्धिका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिए ।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया