ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सीधा चेतावनी दिँदै मंगलबार राति “एउटा पूरै सभ्यता समाप्त हुन सक्ने” बताएका छन्।
ट्रम्पले इरानलाई सम्झौता गर्न वाशिङ्टन समयअनुसार मंगलबार राति ८ बजेसम्मको समय दिएका छन्। तर अहिलेसम्म इरानतर्फबाट कुनै सहमति भएको जानकारी आएको छैन।
यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्– “आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, र फेरि कहिल्यै फर्केर आउने छैन।”
उनले थप लेखेका छन्, “म यस्तो होस् भन्ने चाहन्नँ, तर सम्भवतः त्यस्तै हुनेछ। तर अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भएपछि, जहाँ फरक, अझ बुद्धिमान र कम कट्टर विचार भएका मानिसहरू अघि बढ्छन्, सायद केही क्रान्तिकारी रूपमा अद्भुत हुन सक्छ।”
उनले भनेका छन्, “कसलाई थाहा ? हामी आज राति थाहा पाउनेछौं। यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणहरूमध्ये एक हुनेछ। ४७ वर्षको जबरजस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। इरानका महान जनतालाई भगवानको आशीर्वाद रहोस्!”
ट्रम्पको अघिल्लो डेडलाइन मार्च २३ का लागि तय गरिएको थियो, तर त्यसपछि उनले पटक–पटक चेतावनी जारी गर्दै र कहिलेकाहीँ वार्ता सफल भएको दाबी गर्दै म्याद सार्दै आएका छन् ।
इरानले पछिल्लो सङ्घर्षविराम प्रस्ताव अस्वीकार गरेको इरानको सरकारी समाचार एजेन्सीले सोमबार रिपोर्ट गरेको छ । त्यसपछि ट्रम्पले चेतावनी दिँदै मङ्गलबार साँझ ८ बजेको म्याद अन्तिम हुन सक्ने सङ्केत दिएका छन् । उनले , “उहाँहरूलाई कुनै पुल, विद्युत गृह वा अन्य पूर्वाधार बाँकी रहँदैन ।”
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया