कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
मेरोन्यूज
२०८२ चैत २५ गते १६:५०

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका छन् ।
कारागारभित्र कैदीबन्दीहरुबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।
त्यसैगरी, झडपमा परी भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई समेत घाइते भएका छन् । अहिले कारागारको अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक थापाले बताए ।
झडपपछि कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया