वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ ।
सन्धुली, सुनकोसी गाउँपालिका–७ घर भइ जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६ वर्षीय इन्द्रलाल गोले पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
उनले भनेका छन्, “काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा रहेको वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ नामक संस्थाबाट वैदेशिक रोजगारीमा पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र कानुन विपरीत रकम असुल उपर गर्नेजस्ता कार्य हुने गरेको भन्ने सूचनाको आधारमा निज सञ्चालक गोलेलाई पक्राउ गरिएको हो ।”
सञ्चालक गोलेलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सो सम्बन्धमा सोधपुछ गर्दा तपसिलका व्यक्तिले आफू संस्थाको अध्यक्ष रहेको बताई विभिन्न किसिमका अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।
पक्राउ परेका निज गोलेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया