‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छन् ।
गाउँपर्यटन प्रवद्र्धन मञ्च नेपाल ९भिटोफ० को २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले सरोकार भएकाहरुको स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ प्रतिबद्धताले देशलाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिने बताए।
पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटनमैत्री ऐन–कानुन निर्माणको खाँचो औँल्याउँदै अध्यक्ष दाहालले यसका लागि दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धनका लागि सुदृढ कानुनी आधार आवश्यक भएको बताए ।
भिटोफका अध्यक्ष सकुन्तला देवकोटाले मुलुकको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवद्र्धनमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए ।
कार्यक्रममा ग्रामीण पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
















खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया