सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
मेरोन्यूज
२०८२ चैत २८ गते १५:१०

राजविराज (सप्तरी)। यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहमा आज ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
आगलागीबाट धर्मदेव दासको जस्ताले बनेको चार कोठे घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिए । सो आगलागीबाट दासको तीन कोठे भान्सा घरसमेत जलेर नष्ट भएको छ ।
आगलागीमा परेर खाद्यान्न, लत्ताकपडा र फर्निचरसहित गरी अनुमानित ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बाटो साँघुरो भएकाले समयमै बारुण यन्त्र घटनास्थलसम्म पु¥याउन नसक्दा बढी क्षति भएको थियो ।
स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुणयन्त्रको संयुक्त प्रयासमा आगो निभाइएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।
सम्बन्धित
















बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया