‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान

इरान: पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच शनिबार रातभर चलेको वार्ता निश्कर्ष विहीन हुनुमा अमेरिकाको कडा शर्त प्रमुख कारण रहेको इरानले जनाएको छ ।
इरानको फार्स न्यूज एजेन्सीले इरानी अधिकारीहरुलाई उदृधृत गर्दै लेखेको छ – ‘अमेरिकाले युद्धबाट हासिल गर्न नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो ।’ फार्सले अमेरिका अन्तर्राष्ट्रिय स्तरमा “गुमेको छवि सुधार्न” मात्रै वार्ताको आवश्यकता देखाएको तर वार्ताको टेबल छोड्ने बहाना खोजिरहेको आरोप लगाएको छ।
यस्तै इरानको तस्निम न्यूज एजेन्सीले अमेरिकाको “अत्यधिक माग र महत्वाकांक्षा” का कारण वार्ता सफल हुन नसकेको जनाएको छ । उसल इरानी अधिकारीहरुलाई उदृधृत गर्दे लेखेको छ , वार्ता कक्षमा अमेरिकी पक्षले इरानविरुद्ध युद्धमार्फत पनि हासिल गर्न नसकेका केही लक्ष्यहरू प्राप्त गर्न चाहेको बताइएको छ। तीमध्ये हर्मुज जलडमरूको मुद्दा र देशबाट आणविक सामग्री हटाउने माग पनि समावेश रहेको उल्लेख छ। तर इरानी प्रतिनिधिमण्डलले ती प्रयासहरू विफल पारेको दाबी गरिएको छ।
इरानको राज्य–सम्बद्ध मिडिया प्रेस टिभीको रिपोर्ट अनुसार, इस्लामाबादमा भएको अमेरिका–इरान वार्ता सम्झौताको कुनै ढाँचा बनाउन नसकेर समाप्त भएको छ ।
इरानले केही विषयहरूमा अमेरिका लचिलो नभएकाले कुनै साझा सहमति बन्न नसकेको जनाएको छ । विशेष गरीहर्मुजको जलमार्गको आवागमन , आणविक मुद्दालगायतका जटील विषयमा दुई देशका आ-आफ्ना कडा अडान रहेका छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
प्रतिक्रिया