कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक र केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवास पोखरेल सदस्य रहेको समितिको बैठकको एजेन्डा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापति लेखेर सोमबार विज्ञप्ति जारी गरेको विषय पनि एजेन्डा छ ।
खड्काले यसअघि चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका थिए ।
अनुशासन समिति बैठकमा गत निर्वाचनको अन्तर्घातको उजुरी र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समानन्तर गतिविधिमाथि छलफल हुनेछ।
गत चैत १४ मा कार्यवाहक सभापतिका रूपमा विज्ञप्ति निकालेपछि खड्कालाई कांग्रेसको अनुशासन समितिले त्यसो नगर्न सचेत गराएको थियो।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया