५४ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा करिब ५४ लाख रुपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका ६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगञ्ज महानगरपालिका ११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।
वीरगञ्ज महानगरपालिका ८ बिपिसी क्याम्पस नजिक छेउमा डेरा गरी बस्ने गुप्तासमेत २ जनाले अवैध वित्तिय कारोबार गरिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी खटिएको थियो ।
प्रहरीले वीरगञ्ज महानगरपालिका ११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा २ वटा झोलामा लुकाई राखेको नगद २९ लाख ८० हजार रुपैयाँसमेत फेला पारी उनलाई पनि पक्राउ गरेको हो ।
उनीहरुको साथ ५३ लाख ८० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध उपर बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया