अध्यादेशमार्फत पूर्ण बजेट आउँदै, ४ बजे प्रस्तुत गर्ने

काठमाडौं । सरकारले चर्को चौतर्फी दबाबको बीच अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि पूर्ण बजेट ल्याउने तयारी पूरा गरेको छ । प्रतिनिधीसभा विघटन भएको अवस्थामा सरकारले राष्ट्रपतिमार्फत अध्यादेशमा बजेट प्रमाणिकरण गर्न लगाई पूर्ण बजेट ल्याउने तयारी गरेको हो ।
त्यसका लागि विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वसेको मन्त्रिपरिषदले बजेट अध्यादेशको रुपमा स्वीकृतका लागि राष्ट्रपति कार्यालय पठाएको थियो । राष्ट्रपतिले स्वीकृत गरेर जारी गर्ने वित्तिकै अहिले ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आथिर्क वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्नेछन् ।
निर्वाचन लक्षित हुने गरी आउन लागेको बजेटमा सरकारले राष्ट्रिय गौरवका आयोजना थप गर्नेदेखि सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धिको तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ता एक तिहाईले बढाउने तयारी अर्थमन्त्री पौडेलको छ । अहिले ३ हजार रूपैयाँ रहेको वृद्धभत्ता अब ४ हजार रूपैयाँ पुग्ने अनुमान गरिएको छ भने अन्य भत्ता पनि त्यही अनुपातमा बढाउने तयारी सरकारले गरेको छ ।
सरकारी कर्मचारीको तलब समेत १५ देखि १८ प्रतिशत बढाउने गरी बजेटमा तयारी भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री देखि मन्त्रीहरु, एमालेका कतिपय प्रभावशाली नेताका निर्वाचन क्षेत्रमा विभिन्न् आयोजनाका नाममा वजेट विनियोजन समेत गरेर वजेटको तयारी गरिएको बताइन्छ । त्यस्तै, सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामलाई विशेष प्राथमिकतामा राखेर बजेट तयार पारेको छ । जसले गर्दा आगामी बजेटमा स्वास्थ्य पूर्वाधार, खोप खरिदमा ठूलो रकम जोहोको तयारी सरकारको छ ।
सरकारले कोभिड महामारी रोकथाम, नियन्त्रण, र उपचार सम्वन्धी कार्यमा प्रयोग गरिने औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन एवम् पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गरेको छ । चालु आर्थिक वर्षमा २०७८ वैशाखसम्म सरकारले यसका लागि २३ अर्ब १६ करोड खर्च गरिसकेको छ ।
सरकारले बजेट मार्फत नै कोभिड प्रभावितहरुका लागि राहत तथा आर्थिक पुनरुत्थान प्याकेजहरु समेत घोषणा गर्ने भएको छ । सरकारले कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र त्यसलगत्तै वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक बजेट विनियोजन गर्ने भएको छ ।
निर्वाचनमुखी बजेट भएकाले मतदाताहरुलाई प्रभावित गर्नका लागि केहि विशेष कार्यक्रमहरु पनि आउँन सक्ने आँकलन सबै पक्षले गरेका छन् । तर योजना आयोगका केही पूर्व उपाध्यक्षहरु तथा पूर्व अर्थमन्त्रीहरुले वितरणमूखी र पूर्ण बजेट ल्याउन नहुने बताउँदै आएका छन् । तर सरकारले पूर्ण आकारको बजेटको सार्वजनिक गर्दैछ ।
आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणा गरिसकेको सरकारले निर्वाचन अगावै सबै जनतालाई खोप लगाइसक्ने योजना समेत बजेट मार्फत अघि सारेको छ । राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षको लागि १६ खर्ब ९७ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले मध्यकालीन खर्च संरचनामार्फत आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट तथा स्रोत अनुमानको प्रक्षेपण सहित सरकारलाई सुझाव दिएको थियो ।
नेपालमा संविधान जारी भएपछि अध्यादेशमार्फ बजेट आउन लागेको यो पहिलो पटक हो । अर्थमन्त्री विष्णु पौडेलले भने वजेट ल्याउन लागेको यो दोस्रो पटक हो ।
यो पनि पढ्नुहोस्
बजेट स्वीकृत गर्न राष्ट्रपति समक्ष सिफारिस

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
भारी हिमपातले मध्यपहाडी लोकमार्ग पुन:अवरुद्ध, सयौँ यात्रुहरु अलपत्र
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया