ढुंगा, गिट्टी, बालुवा निकासी को निर्णय खारेज गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्इक्ष पुगपकमल दाहाल (प्रचण्ड)ले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने भन िसरकारले गरेको निर्णय खारोज गर्न माग गरेका छन् । उनले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय भएको भन्दै त्यस्तो निर्णय खारेज गर्न भनेका हुन् ।
प्रचण्डले भनेका छन्,–‘ असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’
सरकारले जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति सार्वजनिक गरेको थियो । यसले चुरे क्षेको विनास हुने भन्दै अहिले सर्वत्र विरोध हुन थालेको छ ।
वजेटमा आलोचना बढेपछि सरारले भने चुरेको संरक्षणमा सरकार प्रतिवद्ध रहेको बताएको थियो ।
तर पनि सरकारको बजेटमा ब्यक्त धारणाले भारतको हितका लागि सरकारले यस्तो निर्णय लिएको भन्दै आलोचना बढेको छ । विरोध बढ्न थालेपछि अर्थमन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
















गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
सुदन किरातीले छाडे प्रलोपा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया