वीरकाे नयाँ भवनमा कोभिड–१९ युनिफाइड अस्पताल सञ्चालनमा

काठमाडाैं । सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले हिजो मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ ।
“हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर उपचार गरेका छैनौ”, उनले भने, “पर्याप्त मात्रामा अक्सिजन जडान गरी अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौं ।”
अस्पतालले केही दिनमा सय शय्या र पछि सबै पूर्वाधार जडान भइसकेपछि सबै शय्या सञ्चालनमा ल्याउने छ । सरकारले वीर अस्पतालको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै युनिफाइड अस्पताल सञ्चालन गरेको हो ।
अहिले अस्पतालमा तरल अक्सिजन र सिलिण्डर अक्सिजनको व्यवस्था गरिएको छ । डा गौतमले अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट र एउटा तरल अक्सिजन प्लान्ट जडान गरिने बताए । उनले एक दुई दिनभित्रमा ति अक्सिजन प्लान्ट जडान गरेर सबै शय्यामा बिरामी राखिने जानकारी दिए ।
कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
अस्पतालमा आइसियु र एचडियु पनि थप गरिने उनले जानकारी दिए । अहिले वीर अस्पतालमा १२५ र राष्ट्रिय ट्रमा सेन्टरमा ७५ सङ्क्रमितको उपचार भइरहेको छ । ति दुवै अस्पतालमा अहिले ३५ आइसियु र एचडियु रहेका छन् ।
युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन, अक्सिजन, आइसोलेसन, एचडियु र आइसियुको व्यवस्थापन गर्ने, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवा समेत सञ्चालन गर्ने छ ।
युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय पनि गर्ने छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने छ ।
सङ्क्रमितको दैनिक तथ्याङ्कका आधारमा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बिरामीको आँकलन गरी तयारी अवस्थामा राख्न लगाउने, शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय र आवश्यकता अनुसार निर्देशन दिने सक्ने छ ।
यस्तै अस्पतालले आवश्यकता ठानेमा जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड– १९ अस्पतालको रुपमा सञ्चालन गर्न आदेश दिने, मन्त्रालयसँग समन्वय गरी आवश्यक भौतिक पूर्वाधार, औषधि, स्वास्थ्य सामग्री, उपकरण र अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन तथा परिचालन गर्ने, कोभिड– १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि आवश्यक पर्ने उपचार सम्बन्धी मापदण्ड अस्पतालले जारी गर्ने छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया