कोरोनाबाट ३५ वर्षीय डा रजौरियाको निधन
मेरोन्यूज
२०७८ जेठ २० गते १३:१७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको निधन भएको छ । कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि गत वैशाख २० गते युनिभर्सल मेडिकलमै उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । उनकी श्रीमती डा हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।
डा बानु भने कोरोना संक्रमण मुक्त भइसकेकी छन् । हालसम्म मेडिकल कलेजमा एक सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भए पनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया