कोरोनाबाट ३५ वर्षीय डा रजौरियाको निधन
मेरोन्यूज
२०७८ जेठ २० गते १३:१७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको निधन भएको छ । कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि गत वैशाख २० गते युनिभर्सल मेडिकलमै उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । उनकी श्रीमती डा हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।
डा बानु भने कोरोना संक्रमण मुक्त भइसकेकी छन् । हालसम्म मेडिकल कलेजमा एक सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भए पनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ ।
सम्बन्धित









एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया