दुर्घटना हुँदा मलेसियामा एक नेपालीको मृत्यु
नौ जना गम्भीर घाइते
मेरोन्यूज
२०७८ जेठ २१ गते १३:०२

एजेन्सी । मलेसियामा बुधवार बिहान भएको दुर्घटनामा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना नेपाली घाइते भएका छन् ।
अन्तराष्ट्रिय समाचार सस्थाका अनुसार घाइतेहरूको अवस्था गम्भीर रहेको छ । मलेसियामा सुरक्षा गार्डको काम गर्ने नेपालीहरू लिएर जाँदै गरेको भ्यान दुर्घटनामा परेको थियो । दुर्घटना जोहरबामा भएको हो । उक्त दुर्घटना बुधवार विहान पौने ८ बजेको आसपासमा भएको जनाइएको छ ।
भ्यान चालक र एक नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो । भ्यान रोड डिभाइडरमा ठोक्किएर पल्टिन पुगेको स्थानीय प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । समाचारका अनुसार घाइतेहरूलाई सुल्तान अमिन अस्पतालमा राखिएको छ ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया