फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाइने
मेरोन्यूज
२०७८ जेठ २४ गते १३:०४

काठमाडौं । सरकारले कोभिशिल्डको दोस्रो डोज मात्रा लिनुपर्ने नागरिकलाई एस्ट्राजेनेका खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागले फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकहलाई १२ सातापछि एस्ट्राजेनेका खोप लगाइने जनाएको छ।
विभागका निर्देशक डा.तारानाथ पोखरेलले कोभिशिल्डको दोस्रो डोज दिन तोकिएको मितिमा दिन नसकिएकाले एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपछि १२ हप्तापछि पनि खोप लगाउने व्यवस्था मिलाइने जानकारी दिए ।
सिरम इन्स्टीट्युट अफ इण्डियासँग सम्झौता भई अग्रिम भुक्तानी भइसकेको र कोभ्याक्स सुविधाबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रका आधारमा दोस्रो मात्राको सुनिश्चितता गरिएकोमा प्राप्त नभएको विभागको भनाइ छ।

सम्बन्धित










चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया