फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाइने
मेरोन्यूज
२०७८ जेठ २४ गते १३:०४

काठमाडौं । सरकारले कोभिशिल्डको दोस्रो डोज मात्रा लिनुपर्ने नागरिकलाई एस्ट्राजेनेका खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागले फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकहलाई १२ सातापछि एस्ट्राजेनेका खोप लगाइने जनाएको छ।
विभागका निर्देशक डा.तारानाथ पोखरेलले कोभिशिल्डको दोस्रो डोज दिन तोकिएको मितिमा दिन नसकिएकाले एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपछि १२ हप्तापछि पनि खोप लगाउने व्यवस्था मिलाइने जानकारी दिए ।
सिरम इन्स्टीट्युट अफ इण्डियासँग सम्झौता भई अग्रिम भुक्तानी भइसकेको र कोभ्याक्स सुविधाबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रका आधारमा दोस्रो मात्राको सुनिश्चितता गरिएकोमा प्राप्त नभएको विभागको भनाइ छ।

सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया