काठमाडौँ महानगरभित्र मंगलबार करिब ९ हजारले लगाए भेरोसेल खोप

काठमाडौं । कोभिड१९ विरुद्धको दोस्रो भेरेसेल खोप अभियानको पहिलो दिन काठमाडौं उपत्यकामा करिब ९ हजारले खोप लगाएका छन् । काठमाडौं महानगरका भित्रका ३२ वटा वडामा ४ हजार ४१९ जना पुरुष र ४ हजार ३२७ जना महिला गरी कुल ८ हजार ७४६ जनाले भेरोसेल लगाएका हुन् ।
महानगरको स्वास्थ्य प्रमुख हरि कुँवरका अनुसार मंगलबारबाट पाँच दिनसम्म खोप अभियान चलाउने तालिका बनाएको छ । जसमा पहिलो दिन मंगलबार ६४ बर्षकाले मात्रै खोप लगाएका हुन् । बुधबार ६३ बर्ष, विहीबार ६२, शुक्रबार ६१ र शनिबार ६० बर्षकालाई खोप लगाउने योजना महानगरको छ । एकैपटक भिड नहुने भएकोले यसरी तालिका मिलाइएको कुँवरले जानकारी दिए ।
चीनले अनुदानमा १० लाख डोज खोप दिएपछि सरकारले मंगलबारदेखि देशव्यापी रुपमा खोप अभियान चलाएको हो । खोप अभियान अन्तरगर्त उपत्यकाका तीन जिल्लामा ६० देखि ६४ बर्ष र उपत्यका बाहिर ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिईदै छ ।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया