काठमाडौँ महानगरभित्र मंगलबार करिब ९ हजारले लगाए भेरोसेल खोप

काठमाडौं । कोभिड१९ विरुद्धको दोस्रो भेरेसेल खोप अभियानको पहिलो दिन काठमाडौं उपत्यकामा करिब ९ हजारले खोप लगाएका छन् । काठमाडौं महानगरका भित्रका ३२ वटा वडामा ४ हजार ४१९ जना पुरुष र ४ हजार ३२७ जना महिला गरी कुल ८ हजार ७४६ जनाले भेरोसेल लगाएका हुन् ।
महानगरको स्वास्थ्य प्रमुख हरि कुँवरका अनुसार मंगलबारबाट पाँच दिनसम्म खोप अभियान चलाउने तालिका बनाएको छ । जसमा पहिलो दिन मंगलबार ६४ बर्षकाले मात्रै खोप लगाएका हुन् । बुधबार ६३ बर्ष, विहीबार ६२, शुक्रबार ६१ र शनिबार ६० बर्षकालाई खोप लगाउने योजना महानगरको छ । एकैपटक भिड नहुने भएकोले यसरी तालिका मिलाइएको कुँवरले जानकारी दिए ।
चीनले अनुदानमा १० लाख डोज खोप दिएपछि सरकारले मंगलबारदेखि देशव्यापी रुपमा खोप अभियान चलाएको हो । खोप अभियान अन्तरगर्त उपत्यकाका तीन जिल्लामा ६० देखि ६४ बर्ष र उपत्यका बाहिर ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिईदै छ ।










चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया