मंगलबार, जेठ ६, २०८२

ओली सरकारमा मधेसलाई मात्रै ५६ प्रतिशत हिस्सा

चार वर्षे कार्यकालमा ६७ मन्त्री फेरिए, ४४ प्रतिशत हिस्सा महन्थ-राजेन्द्र नेतृत्वको जसपाकै मात्र

मेरोन्यूज २०७८ जेठ २७ गते १४:१८
फाइल फोटो । गत शुक्रवार सपथ खादैं मन्त्रीहरु ! तस्विर : प्रधानमन्त्रीको नीजि सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफु नेतृत्वको चुनावी सरकारमा ब्यापक मात्रामा मन्त्रीमण्डल हेरफेर गरेका छन् । उनले कात्तिक -मंसिरमा चुनाव गर्ने मिति घोषणा गरिसकेका बेला दुई चरणमा गरेर आफनो क्याविनेटलाई ब्यापक मात्रामा हेरफेर गरेका हुन् ।

उनले आजैमात्र पनि साझ ७ क्याविनेट मन्त्री र एक राज्यमन्त्री थपेर आफनो मन्त्रिमण्डललाई पूर्णता दिँदैछन् । यसपटक उनले क्याविनेटमा मधेसलाई प्रतिनिधीत्व गर्नेगरी ठूलो हिस्सा सरकारमा समेटेका छन् ।

ओलीले २५ सदस्यइ मन्त्रिमण्डलमा मधेस अर्थात प्रदेश २ को मात्र्रै १४ जनालाई सरकारमा सहभागी गराएका छन् । आज थपिने २ सहित प्रदेश २ बाट १४ जना मन्त्री बन्न लागेका हुन् । यो कुल मन्त्रिमण्डलको संख्यामा ५६ प्रतिशत हिस्सा हो ।

जनता समाजवादी पार्टीका महन्थ, राजेन्द्र समुहका ११, एमालेका रघुविर महासेठ, लीलानाथ श्रेष्ठ र आज थपिन लागेकी पूर्व माओवादी धारकी ज्वालाकुमारी शाह सहित १४ मन्त्री मधेसवाटै सरकारमा सहभागिता हुन लागेको छ ।

अहिलेसम्मकै यो सम्भवत सवैभन्दा धेरै हिस्सा मधेसले सरकारमा प्रतिनिधित्व हुने अवसर पाएको हो । जसमध्ये ओलीले आफनो क्याविनेटमा विघटित प्रतिनिधीसभामा जम्मा २० सांसद पक्षमा रहेको महन्थ पक्षलाई ११ ओटा सिट दिएको हो । जसमध्ये ९ मन्त्री र दुई राज्यमन्त्री छन् ।
यो क्याविनेटको कुल ४४ प्रतिशत संख्या हो ।

२०७२ सालमा संविधानसभाबाट संविधान जारी गर्ने बेला तीव्र असहमति राखेको ठाकुर–महतो समूह त्यसवेला माधेसप्रति नै अति अनुदार देखिएका ओलीको क्याविनेटको मुख्य हिस्सेदार बनेर सहभागिता जनाउन पुगेको छ । महन्थ र राजेन्द्र पक्षले आफ्ना माग सम्बोधन गर्न ओली सरकार तयार भएपछि पार्टीमा विग्रह गरेरै भएपनि सरकारमा सहभागी भएको बताउँदै आएको छ ।

ऋोली क्याविनेटमै तीन उपप्रधानमन्त्री छन् । जसमध्ये मधेसकै दुई जनाले उपप्रधानमन्त्री सम्मको जिम्मेवारी पनि पाएका छन् । रघुवीर महासेठ र राजेन्द्र महतोलाई ओलीले उपप्रधानमन्त्री बनाएका छन् ।

म्हतोलाई ट्याकल गर्न र मधेसमा एमालेको पनि सन्तुलन कायम राख्नका लागि ओलीले महासेठलाई महत्वपूर्ण मन्त्रालय परराष्ट्रसहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको एमालेवृतमा चर्चा छ ।

म्हतोहरु भने ९ वर्षपछि विगतमा आफैंले मधेसप्रति असहिष्णु करार गरेका ओलीसँग सत्ता साझेदारी गर्न पुगेका हुन् ।

ज्सपाका महतोको नेतृत्वमा शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिल झा खानेपानी तथा सरसफाइ, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री, चन्द्रकान्त चौधरीलाई ऊर्जा र रेणुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेका छन् ।

आज जसपाकै राजकिशोर यादव उधोगमन्त्री लिएर सरकारमा जाँदैछन् ।

मधेसमा अहिले ओलीले किन प्राथमिकता दिईरहेका छन् भन्ने प्रश्न पनि सँगसँगै उठेको छ । जसपाको महन्थ राजेन्द्रसाग मधेसमा चुनावी तालमेल गर्ने, हिन्दुत्वको एजेण्डा अगाडी सार्ने रणनीतिका साथ ओलीले यो गेमप्लान अनुसार सरकारमा मधेसको हिस्सा बढी बनाईरहेको पनि राजनीतिक विश्लेषण गरिन थालिएको छ ।

आफुले गरेको संसद विघटन सर्वाेच्च अदालतले फेरि पनि पूर्नंस्थापना गरिदिएमा आफ्नै नेतृत्वमा सरकार बनाउन समिकरण मिलाउने गरी ओलीले क्याविनेट विस्तारमा पनि खेलेका छन् ।
आज थप हुने सहित ४ वर्षको अन्तरालमा ओलीले १७ औं पटक मन्त्रिपरिषद् हेरफेर र विस्तार गर्न लागेका हुन् ।

स्थिर सरकारको दुवाई दिँदै हिडेका ओललिे दुई दुई पटक संसद विघटन गरेर अस्थिरता तिरै मुलुकलाई लगेका छन भने १७ औं पटक मन्त्रीमण्डल हेरफेर र विस्तार गरेर मन्त्रालयलाई पनि स्थीर हुन दिएका छैनन ।

ओलीले चार वर्षको अन्तरालमा आज थपिने सहित गरेर मात्रै ६७ मन्त्री फेरिएका छन ।

यसपटक ओलीको सरकारमा २० प्रतिशत महिलाले प्रतिनिधीत्व पाएका छन् । १ राज्यमन्त्री सहित ३ जना अहिले, २ जना पहिले मन्त्रिपरिषद्मा थिए । त्यसमध्ये ३ जना फुल मन्त्री महिला हुने भएका छन् ।

प्रतिक्रिया